नेपाली समय ,

सूचना:
न्यायिक समितिको अधिकारक्षेत्रः न्यायिक समितिको देहायका विवादको निरुपण गर्ने अधिकार हुनेछ। (क) आलीधुर, बाँध पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग। (ख) अर्काको बाली नोक्सानी गरेको। (ग) चरन, घाँस, दाउरा। (घ) ज्याला मजुरी नदिएको। (ङ) घरपालुवा पशुपक्षी हराएको वा पाएको। (च) जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको। (छ) नाबालक छोरा–छोरी वा पति–पत्नीलाई इज्जत आम्दानी अनुसार खान, लाउन वा शिक्षा–दीक्षा नदिएको। (ज) वार्षिक पच्चीस लाख रुपैयाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा। (झ) अन्य व्यक्तिको घर, जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको। (ञ) आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको। (ट) सँधियारको जग्गातर्फ झ्याल राखी घर बनाउँदा कानुन बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको। (ठ) कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाउ चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल, वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्‍याएको। (ड) सङ्घीय वा प्रदेश कानुनले स्थानीय तहबाट निरुपण हुने भनी तोकेको अन्य विवाद। २. न्यायिक समितिलाई देहायका विवादहरूमा मेलमिलापको माध्यमबाट मात्र विवादको निरुपण गर्ने अधिकार हुनेछः (क) सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोले चापी, मिची वा घुसाई खाएको। (ख) सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको।
तपाईलाई परेको समस्याको बिषयमा विवाद दिनुहोस् (वादी तर्फबाट )
तपाईलाई परेको विवादको बिषयमा लिखित जवाफ यहाँबाट पठाउनुहोस् (प्रतिवादी तर्फबाट )
तपाईलाई परेको समस्याको बिषयमा मिलापत्रको लागि सयुक्त दरखास्त दिनुहोस्